
काठमाडौं । महाधिवेशन प्रतिनिधिको विवाद टुंगिन नसक्दा राप्रपा महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिएको छ ।
बुधबारबाट काठमाडौंमा शुरु भएको एकता महाधिवेशनमा प्रतिनिधिको विषयलाई लिएर दुई दिनदेखि विवाद जारी छ ।
राप्रपाको अध्यक्षमा बर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा हुँदैछ । तर बिवाद नमिलेका कारण अझै सम्म कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् । राप्रपाका एक नेताले आज उम्मेदवारी दर्ता गरेर नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढाउने भनिएता पनि बिवाद नमिल्दा पूर्व निर्धारित कार्यतालिका प्रभावित भएको इमेजखबरसँग बताए ।
जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिको सूची अध्यक्ष थापाको निर्देशनमा हेरफेर गरेको आरोप लिङ्देन पक्षका नेताले लगाएका छन् । त्यसको बिवाद समयमै मिलाउन नसक्दा महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो । अहिलेसम्म मतदाता नामावली पनि प्रकाशित भएको छैन ।
प्रतिक्रिया दिनुहोस्