१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘संघीयता खारेजी, राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना हुनुपर्छ’


130
Shares

मालती घोरासैनी
काठमाडौं । प्रमुख राजनीतिक दलहरूको महाधिवेशन अहिले चलिरहेको छ । खास भन्नुपर्दा अहिले महाधिवेशनको मौसम नै चलेको छ ।

एमालेले भव्य तामझामसाथ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ भने पूर्वपञ्चहरूको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन काठमाडौंमा जारी छ । लामो समयको रस्साकसीका बीच सुरु भएको राप्रपाको महाधिवेशनले भावी नेतृत्व चयन गर्नेछ ।

आगामी नेतृत्वका लागि अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्छ । ७७ वटै जिल्लाबाट प्रतिनिधिको रुपमा काठमाडौं आएका प्रतिनिधिले राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना गरी संघीयता खारेजीको मुद्दालाई सशक्त बनाउनु महाधिवेशनको उद्देश्य रहेको बताए ।

हेरौं केही प्रतिनिधिहरूको प्रतिनिधिमुलक प्रतिक्रिया :