१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्छ : शिक्षामन्त्री पौडेल


0
Shares

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध शिक्षा, सहित कला र इतिहासको अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।

विश्वविद्यालयको १७ औैं वार्षिकोत्सव तथा प्रथम त्रियान प्रज्ञा सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै मन्त्री पौडेलले विश्विद्यालय ज्ञान निर्माणको स्थल भएकाले अन्तर्राष्ट्रिय अनुसन्धानको केन्द्र बनाउनुपर्ने बताउनुभयो ।

विश्वविद्यालयको सहकुलपति समेत रहनुभएका पौडेलले लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रहरूको एकीकृत, अनुसन्धानका निमित्त संघ, प्रदेश साथै स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताउनुभयो ।

नेपालमा प्रचलित ३ वटा यानहरु थेरयान, महायान, बज्रयानभित्रका परम्परालाई शैक्षिक प्रणालीको मूलधारसँग जोड्ने गरी पाठ्यक्रमको निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले लुम्बिनीको शैक्षिक विकासका लागि मन्त्रालयले थप सहयोग गर्ने बताउँदै दुरदृष्टि योजना र कार्यक्रमलाई सफल बनाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।