८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिस्ट सिम’


0
Shares

काठमाडौं, माघ ८ । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिस्ट सिम’मार्फत् कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिनसक्ने भएका छन् ।

एनसेलले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा ल्याएको योे योजना बुधबारबाट सन्चालनमा आएको छ ।

यस योजनाअन्तर्गत् भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिस्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने ‘अल नेटवर्क टक टाइम’ र ‘डेटा बन्डलिङ’ गरिएको ‘प्याक’हरु लिनसक्ने कम्पनीले जनाएको छ ।

नेपाल भ्रमणमा आएका कुनैपनि पर्यटकले करसहित मात्र रु १०० मा टुरिस्ट सिमसहितको ‘स्टार्टर’ प्याक लिनसक्ने र यो प्याकमा पर्यटकले रु ३० ‘मेन ब्यालेन्स’ र तीन दिन समयावधि भएको एक जीबी डेटा पाउने कम्पनीले जनाएको छ ।