
काभ्रे । नमोवुद्ध नगरपालिकाले आफ्नो आठौं स्थापना दिवसको अवसर पारेर कार्यालय सहयोगी निरमाया लामालाई सर्वोत्कृष्ट कर्मचारीको रूपमा नगद सहित सम्मान गरेको छ ।
तोकेको जिम्मेवारी इमान्दारिता र कुशलतापुर्वक निर्वाह गरेको भन्दै नगरपालिकाले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्रद्वारा सम्मान गरेको हो । उहाँ विगत ४ वर्षदेखि नगरपालिकामा कार्यरत हुनुहुन्छ ।
यस्तै नगरपालिकाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने स्वास्थ्यकर्मी सहित ३२ जना कर्मचारीलाई सम्मान गरेको छ ।
नमोवुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा पुर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य चन्द्र लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्