१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छोराको विवाहमा बाबुले गरे हेलिकोप्टर चार्टर्ड


0
Shares

काठमाडौं । जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह सम्पन्न गरेका छन्। हेलिकोप्टरका लागि साहले तीन लाख ८० हजार रुपैयाँ तिरेर चार्टर्ड गर्नु भएको थियो।

बाराको सिम्रौनगढ नगरपालिका निवासी साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका गर्नु भएको हो । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीवार विवाह सम्पन्न भएको छ ।

जोगी साह बारा जिल्ला अन्तर्गत सिम्रौनगढ नगरपालिका –१० देवापुर टेटा र आर्दशकोतवाल गाउँपालिकाका ख्याति प्राप्त खाद्यान्न ९गोला० व्यापारी हुनुहुन्छ ।

छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताउनुभयो । एक पटक गरिने विवाहमा छोराले हेलिकोप्टर इच्छा राखेकाले इच्छा पुरा गरेको साहको भनाइ छ । भएको उहाँ भन्नुहुन्छ ुसम्पत्ति यस्तै बेलामा चाहिन्छ, र परेको बेलामा खर्च गर्न पनि पछि हट्न हुदैन । छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उहाँले बताउनु ।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताउनुभयो । बुबाले आफनो इच्छा पुरा गरेकोमा बिजुले खुशी हुदै बुबालाई धन्यवाद समेत दिनुभयो ।