८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सुनको मूल्य दुई सयले घट्यो


0
Shares

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले घटेर ९१ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घअनुसार पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो। तेजाबी सुनको आजको मूल्य प्रतितोला ९० हजार ८ सय तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार १ सय ९० मा कारोबार भएको थियो।