१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाविरुद्धको १ लाख ८८ हजार डोज मोर्डना खोप आउँदै


0
Shares

काठमाडौं । कोरोना भाइरस विरुद्धको मोर्डनाको खोप शुक्रबार नेपाल आउने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पहिलो पटक मोर्डनाको खोप प्राप्त गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर सागर दाहालले १ लाख ८८ हजार डोज मोर्डनाको खोप शुक्रबार नेपाल आउने जानकारी दिनुभयो ।

पहिलो डोज लगाएको मोर्डना खोप २८ दिनको फरकमा दोस्रो डोज लगाउन सकिन्छ । सरकारले ४० लाख डोज मोर्डनाको खोप खरिद गर्ने जनाएको छ ।