१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खुम्बु घुम्न आएका नेपाली मुलका अमेरिकी नागरिकको मृत्यु


0
Shares

सोलुखुम्बु । जिल्लाको खुम्बु क्षेत्रको भ्रमणमा रहेका नेपाली मूलका अमेरिकन नागरिकको मृत्यु भएको छ ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको जहाजमार्फत बिहीबार आएका ६१ वर्षीय विन्देश्वर कक्षपतिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुुले जनाएको छ ।

नाम्चे भ्रमणमा निस्केका कक्षपतिको फाक्दिङस्थित ट्रेकर होटलमा मृत्यु भएको हो । होटलभित्र हिटर तापिरहेको अवस्थामा उनी एक्कासी बेहोस भएका थिए ।

बेहोस हुनासाथ तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।

शव पोष्ट मार्टमका लागि शुक्रबार नै हेलिकप्टर मार्फत टिचिङ अस्पताल, काठमाडौं पठाइएको छ ।