१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु


0
Shares

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाका २५ वर्षिय बसन्त लिम्बू र सोही ठाउँकै १५ वर्षिय समीर लिम्बू रहेका छन् ।

बसन्तको धरानस्थित घोपा क्याम्पमा र समीरको सिरीजंघा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । हिजो दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा परी घाइते भएका ४ जना घाइते भएका थिए । अन्य दुई जनाको भने उपचार जारी रहेको छ ।

सिरीजंघाबाट बोखिमतर्फ गोलिया बोकेर जाने क्रममा मे १ त ६८९३ नम्बरको ट्याक्टर दुर्घटना भई सडकबाट २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।