
Web Pic
पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ पराधिमा बसले ट्रयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दयपुरको चौबन्दी गाउँपालिकाका १८ वर्षिय विशाल लामिछाने रहेका छन् ।
दुर्घटनामा घाइते भएका १९ मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि पोखरा पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । पोखरावाट पर्वततर्फ आउँदै गरेको ग १ ज ००९८ नम्वरको बसले सोही दिशावाट आउँदै गरेको को २ त ६४२७ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको हो ।
बस र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्