
हेटौंडा । गठबन्धन सरकारमा सहभागी दलबीच भागबण्डा मिलाउन बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा पुर्याएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले विद्यमान ८ मन्त्रालय टुक्र्याउँदै १४ मन्त्रालय पुर्याएको हो ।
सरकारले हालको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाएको छ । यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ ।
यसअघि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालयसहित ८ मन्त्रालय बनाएको थियो । मन्त्रालयको संख्या बढेसँगै काम गर्न समस्या भएको कर्मचारीले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्