
काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले आसन्न महाधिवेशनमा आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ ।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै आचार्यले मंसिर २४–२६ सम्म हुने १४ औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
उहाँले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी दिनु भयो ।
पार्टीमा वैचारिक बहस चलाउन आफूले उम्मेदवारी दिने तयारी गरेको नेता आचार्यले बताउनुभयो ।
आचार्य कांग्रेसभित्र वैचारिक र निष्ठावान् नेताका रुपमा चिनिनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्