१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘यो देशमा माओको गुण गाउन हुने तर महेन्द्रको गुण गाउन किन नहुने ?’


91
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफूले राजा महेन्द्रको गुण गाउन नछाड्ने बताउनुभएको छ ।

ललितपुरको जावलाखेलमा भएको पार्टी एकता कार्यक्रममा अध्यक्ष मिश्रले देशमा माओका माला लगाउनेहरुले पृथ्वीनारायण शाह र राजा महेन्द्रलाई गाली गरिरहेको आरोप लगाउनुभयो ।

‘माओको माला लगाएर महेन्द्रलाई सराप्ने चाहिा राष्ट्रवादी कसरी हुनसक्छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यो देशमा माओको गुण गाउन हुने तर महेन्द्रको गुण गाउन किन नहुने ?’

देश हिन्दु राष्ट्र हुँदा कसैलाई पनि धर्मको नाममा हानी र घात नभएको दाबी गर्दै अध्यक्ष मिश्रले जनताको मन दुखेको बताउनुभयो । धर्मका विषयमा जनताको मत बुझ्नुपर्छ भन्दा किन अरुको टाउको दुखेको भन्दै उहाँले प्रश्न गर्नुभयो ।

देशमा शान्ति स्थिरताका लागि धर्मको विषयमा जनमत संग्रह गर्नुपर्ने बताउनुभयो । संघीयताको खर्च देशले धान्न नसक्ने भन्दै उहाँले संघीयता खारेज गर्नुपर्ने तर्क गर्नुपर्छ ।