
काठमाडौं । दुई पार्टी विवेकशील साझा पार्टीमा गाभिएका छन् । शनिबार जावलाखेलमा एक कार्यक्रमको आयोजना गरी सिटिजन्स डिसकशन फोरम र राष्ट्रि जनता दरबार पार्टी विवेकशील साझा पार्टीमा गाभिएका हुन् ।
दुई पार्टी गाभिएसँगै विवेकशील साझा पार्टीमा केन्द्रीय सदस्यको संख्या थप भएको छ । सिटिजन्स डिसकसन फोरमबाट ३१ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १४ जना गरी कुल ४५ जना विवेकशील साझा पार्टीको केन्द्रीय कमिटीमा रहने पार्टी एकता घोषणापत्रमा उल्लेख छ ।
यस्तै, केन्द्रीय कार्य सम्पादन समितिमा दुवै पार्टीका ११ जना सदस्य थप गरिएको छ ।
एकता घोषणा पत्रमा विवेकशील साझा पार्टीका तर्फबाट अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकशन फोरमबाट संयोजनक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीबाट एसपी साह सारथीले हस्ताक्षर गर्नुभएको छ ।
केन्द्रीय समिति सदस्यहरूको नामावली
सिटिजन्स डिसकशन फोरमबाट
१. कर्ण बहादुर शाही २. नारायण प्रसाद कोइराला ३. जयप्रकाश गुरागाईं ४. रमेश श्रेष्ठ ५. डा. नन्द प्रसाद काप्री ६. विकास श्रेष्ठ मानव ७. राजु वस्याल ८. धर्मराज शाक्य ९. राकेश कृष्ण अमात्य १०. सुरेश अर्याल ११. शान्ति ढुङ्गाना १२. विपना शर्मा १३. तारा सापकोटा १४. डा. पुर्ण शाही १५. लक्ष्मी अधिकारी १६. मुना अधिकारी १७. दुर्गा कार्की १८. माधव भण्डारी १९. रमेश नेपाल २०. धर्म मानन्धर २१. सौरेन्द्र बहादुर शाह २२. लक्ष्मण सिटौला २३. उत्तम निरौला २४. रोशन शिवाकोटी २५. सुदर्शन शर्मा २६. शान्ता गिरी २७. विन्दु हमाल २८. चन्द्रावती ढकाल २९. रविना अमगाईं ३०. गोपाल प्रसाद भण्डारी ३१. चन्द्रिका ढकाल
राष्ट्रिय जनता दरबार पार्टीबाट
१. एसपी साह सारथी २. निरज थापा ३. श्रीराम पाण्डे कल्पित ४. डम्बर खत्री ५. सन्तोष चौहान ६. नरेश चौलागाईं ७. सुरज भारद्वाज बोहोरा ८. टिकाराम बर्तौला ९. विनोद कुमार रायमाझी १०. रिता पाठक ११. वसन्ती ज्ञवाली १२. रचना सापकोटा १३. प्रमोद उप्रेती १४. अमृता चौलागाईं
केन्द्रीय कार्य सम्पादन समिति सदस्यहरूको नामावली
१. कर्ण बहादुर शाही २. नारायण प्रसाद कोइराला ३. जयप्रकाश गुरागाईं ४. राकेश कृष्ण अमात्य ५. डा. नन्दप्रसाद काप्री ६. विकास श्रेष्ठ मानव ७. एसपी साह सारथी ९. निरज थापा १०. श्रीराम पाण्डे कल्पित ११. विनोद कुमार रायमाझी
प्रतिक्रिया दिनुहोस्