२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


थप २ सय ३८ जनामा कोरोना संक्रमण, ३ सय ९२ जना संक्रमणमुक्त


0
Shares

काठमाडौं । नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ९७ जनाको कोरोना परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३ सय ९२ जना निको हुँदा कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत पुगेको छ ।

नेपालमा हाल ६ हजार ७४४ जना सक्रिय संक्रमित छन् ।