३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


संविधान संशोधन गर्न जसपा प्रतिवद्ध छ : डा. भट्टराई


0
Shares

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुनेगरी संविधान संशोधन गर्न एकतावद्ध भएर अघि बढ्न आफ्नो पार्टी लागेको दाबी गर्नुभयो ।

अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसदमा कुरा उठाइराखेको र मन्त्रिपरिषद्मा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेश गर्न लगाउने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘फेरी पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । अहिले संसदबाट मात्रै सबैथोक होस भनेर मात्रै हुँदैन । सांकेतिक हुन्छ । किनभने हामी संसदबाट पनि बोलिराखेका छौं । सडकबाट पनि बोलकै छौं ।’

अध्यक्ष भट्टराईले फेरि पनि संघर्ष नगरी न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्कसमेत गर्नुभयो । उहाँले नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।