१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अखिल नेपाल भिक्षु महासंघको अध्यक्षमा भिक्षु धर्मशाोभन महास्थविर चयन


338
Shares

काठमाडौं । अखिल नेपाल भिक्षु महासंघको अध्यक्षमा भिक्षु धर्मशाोभन महास्थविर चयन हुनुभएको छ ।

विश्व शान्ति विहार, मिनभवनमा भएको महासंघको २४औं साधारणसभाले महास्थविरको अध्यक्षतामा १५ सदस्यीय निर्वाचित समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा भिक्षु शीलभद्र महास्थविर र भिक्षु सद् धातिस्स महास्थविर चयन हुँदा भिक्षु धर्मगुप्त महास्थविर महासचिव तथा भिक्षु निग्रोध महास्थविर सचिव हुनुभयो । कोषाध्यक्षको जिम्मेवारी भिक्षु बोधिज्ञान महास्थविरले पाउनुभएको छ ।

वि.स २००७ सालमा स्थापना भएको महासंघ नेपालका थेरवाद लगायतका बौद्वहरूको साझा संगठन हो । जसले नेपालमा बौद्व धर्मको विकास लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।