२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


चर्चित पुस्तक ‘द ज्वे अफ लिभिङ’को नेपाली अनुवाद ‘जिउनुको मज्जा’ सार्वजनिक


39
Shares

काठमाडौं । विश्वमा खुशी मानवको रूपमा चिनिएको योङ् गे मिङ् ग्युर रिन्पोछेको प्रसिद्ध पुस्तक ‘द ज्वे अफ लिभिङ’को नेपाली अनुवाद सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच रिन्पोछेले नै नेपालीमा अनुवाद गरिएको पुस्तक ‘जिउनुको मज्जा’ विमोचन गर्नुभयो ।

बुक हिलले प्रकाशन पुस्तकलाई डा.सरोज धितालले नेपाली अनुवाद गर्नुभएको हो ।

कार्यक्रममा रिन्पोछेले ध्यानको तरिका सिकाउँदै चेतनालाई सधैँ जाग्रित राखेर क्लेशमुक्त हुनसके खुसी भइने बताउनुभयो ।

प्रसिद्ध गायिका आनी छोइङ डोल्माले खुसी हुने ज्ञानको लागि पुस्तक सहायक बन्नसक्ने बताउननुभयो ।

अनुवादक डा. धितालले पुस्तकमा परमार्थ सत्यको गहन विषय भएकोले आफूले बौद्व दर्शन र ध्यान सिक्दै गरेको बताउनुभयो ।

‘द ज्वे अफ लिभिङ’ न्यूयोर्क टाइम्सको सर्वाधिक विक्री भएको पुस्तक हो ।