२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राप्रपामा मतगणना जारी, लिङ्देनको अग्रता


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता लिइरहनुभएको छ । २३ सय मतगणना सकिंदा ११ सय २१ मतसहित लिङ्देनले अग्रता कायम राख्नुभएको हो । अध्यक्षका अर्का प्रत्यासी कमल थापाले अहलेसम्म १ हजार २० मत पाउनुभएको छ । यस्तै १ सय ३ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिने बताईएको छ । राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १ सय ४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो । सात सह–महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत पदाधिकारी तथा केन्द्रिय सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

राप्रपाको गएराति अबेर सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मत खसालेका थिए । ४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५०६ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा कागजी मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ वटा विद्युतिय मेसिनबाट मतदान भएको थियो ।