१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वागमती प्रदेशको सभापति पदका लागि फेरी मतदान हुने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको वागमती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवार संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा समूहका इन्द्र बानियाँले ९९२ मत ल्याए । यस्त,ै संस्थापन इतर समूहका जगदीश्वरनरसिंह केसीले ८७२ र कृष्णप्रसाद सिटौला समूहका भीमसेनदास प्रधानले १९७ मत पाएका थिए ।

शनिबार हेटौँडामा भएको मतदानमा कुल २ हजार १५१ मध्ये २ हजार ८३ मत खसेको थियो । अब पहिलो र दोस्रो बढी मत ल्याउने उमेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।