२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, औपचारिक घोषणा हुन भने बाँकी

दुई सय बढी मतले कमल थापा पराजित

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । राप्रपा महाधिवेशनका क्रममा हिजो भएको मतदानको आज बिहाज सकिएको मत गणना अनुसार लिङ्देन अध्यक्षमा विजयी हुनु भएको हो । तर औपचारिक घोषणा भने हुन बाँकी नै छ ।

लिङ्देनले करीब २ सय मतले कमल थापालाई पराजित गर्नुभएको बुझिएको छ । लिङ्देनको जितसँगै राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मत गणना पनि सकिएको छ । तर सवै परिणाम एकै पटक घोषणा गर्ने तयारी गरिएको छ ।

गएराति अबेर सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मत खसालेका थिए । ४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५०६ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा कागजी मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ वटा विद्युतिय मेसिनबाट मतदान भएको थियो ।