८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विवाह पञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ मनाईदै


0
Shares

काठमाडौं । ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरस्थित जनकपुरधाममा आज धनुष यज्ञ मनाईदै छ । धनुष यज्ञ दिउँसो चार बजेदेखि सुरु हुने छ । भगवान रामले शिवधनुष तोडेको दिनको सम्झनामा विवाह पञ्चमी महोत्सव अघि शिव धनुष पर्व मनाउने गरिन्छ ।

यस्तै, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर र छैठौँ दिन राम सीताको स्वयंवर र सातौँ दिन विवाह महोत्सव आयोजना गरिने छ ।

विवाहका लागि भारतको अयोध्याबाट हजारौँको संख्यामा भक्तजनहरु जनकपुर आएका छन् र आउने क्रम पनि जारी रहेको छ ।

गत दुई बर्ष कोरोना भाईरसको संक्रमणका कारण विवाह पञ्चमी धुमधामसंग मनाउन सकिएको थिएन । विवाह पञ्चमी अवधिभर जनकपुरधाम क्षेत्रमा माछा मासु तथा मदिराजन्य पदार्थको विक्री र सेवनमा रोक लगाईएको छ ।