
बैतडी । कोरोनाभाइरस को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले बैतडी लगायतका जिल्लासँग जोडिएका नाकाहरुमा भारत प्रवेशमा कडाई गरेको छ ।
भारत प्रवेश गर्न चाहने नेपालीहरुले अनिवार्य रुपमा कोरोनाको दुबै डोज खोप लगाएको कार्ड देखाउनु पर्ने भएको छ ।
झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयले बैतडीले जनाएको छ । यस्तै, झुलाघाट नाकाबाट बैतडीमा छिर्नेहरुले पनि अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्