
काठमाडौं । साताको पाँचौ दिन आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७ सयले बढेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंघअनुसार छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको थियो । तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५ सय तोकिएको छ जसको मूल्य शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २ सयमा कारोबार भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔन्स १७ सय ८३ डलर र चाँदी प्रतिऔन्स २२ डलर हाराहारीमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्