
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको हित लागि नयाँ शिराबाट पार्टीलाई अघि बढाउने बताउनु भएको छ । जित हासिल गरेलगत्तै ईमेज च्यानलसंग कुरा गर्दै लिङ्देनले राजसंस्थासहितको प्रजातान्त्रिक व्यवस्थाको आन्दोलनलाई अझै उचाईमा पुर्याउने र राप्रपाबाट बिचलित भएका तथा राप्रपा बाहिर रहेकाहरुलाई पनि समेट्ने बताउनुभयो ।
महाधिवेशन प्रतिनिधिहरुले प्यानल मात्र नहेरी ब्यक्ति छानी छानी नेतृत्व चयन गरेको भन्दै उहाँले आफू पार्टीको एजेण्डा र योजनामा स्पष्ट रहेको बताउनुभयो ।
अध्यक्षमा पराजित भएपछि पूर्व अध्यक्ष कमल थापाले निर्मल निवासले खेलेको भनी दिएको अभिब्यक्तिबारे लिङ्देनले पार्टीको आन्तरिक प्रतिष्पर्धामा राजसंस्थालाई तान्न खोज्नु गलत हुने प्रतिक्रिया दिनुभयो ।
आफ्नो जितले अन्य पार्टीहरुलाई पनि नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणका लागि दबाव बढ्ने अपेक्षा आफूले गरेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्