
काठमाडौं । भारतको नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर १३ जना सर्वसाधारणको मृत्यु भएको छ । नागाल्यान्डको ओटिङ इलाकामा शनिबार राति सेनाको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । आधिकारिक रुपमा कति व्यक्तिको मृत्यु भएको छ भन्नबारे केही बताइएको छैन ।
समाचार एजेन्सी पीटीआईका अनुसार कम्तिमा १३ जनाको मृत्यु भएको बताइएको छ । नगा पीपल्स फ्रन्ट पार्टीकोे नेता तथा नागाल्यान्ड राज्यको पूर्व मुख्यमन्त्री टी.आर.जेलियांगले १३ जनाको मृत्यु भएको दाबी गरेका छन् ।
घटनाप्रति केन्द्रीय गृहमन्त्री तथा राज्यका मुख्यमन्त्रीले दुःख प्रकट गर्दै उच्चस्तरीय जाँचबुझ कमिटी गठन गर्ने बताएका छन् । घटना जाँचबुझका लागि सेनाले कोर्ट अर्फ इन्क्वाएरी गठन गरेको छ ।
मोन क्षेत्रलाई नागा समूह एनएससीएन तथा उल्फाको गढ़ मानिन्छ । यो घटना राज्यमा मनाइने लोकप्रिय पर्व हार्नबिल फÞेस्टिवलको ठीक अघि भएको छ । भारतीय सञ्चार माध्यमले असम राइफÞल्सका अधिकारीहरुको हवाला दिँदै उग्रवादीहरुमाथि कारबाही गर्दा सर्वसाधारण मारिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्