१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दरबारमार्गबाट ६९ लाख रुपैयाँसहित एक जना पक्राउ


0
Shares

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दरवारमार्गको बिइङ्ग ह्युमन नामको कपडा पसलका संचालक हिरोसी खनाल रहेका छन ।

खनालको पसलमा छापा मारी प्रहरीले ६९ लाख ५० हजार रुपैयाँ बरामद पनि गरेको छ । खनालले पसलमा राखेको सो रकमकोे स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । खनाललाई थप अनुसन्धानका लागि सम्पति शुद्धिकरण विभाग पठाइएको छ ।