१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


जुम्लामा एमबिबिएस पढाई सुरु, नर्सिङ र फार्मेसीको पनि पढाई हुने


0
Shares

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबिबिएसको पठनपाठन सुरु भएको छ । यसै वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्सा शास्त्रतर्फ एमबीबीएस अध्यापनको स्वीकृति प्रदान गरेको थियो ।

पहिलो पटक एमबिबिएससहित बी फार्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको हो । आयोगले प्रतिष्ठानलाई एमबिबिएसमा अध्यापनका लागि २० जनाको कोटा तोकि दिएको छ ।

पूर्ण छात्रवृत्तिमा १५ र स-शुल्कमा पाँच कोटा कायम गरिएको छ । बी फार्मेसीमा पनि २० जनाको कोटा निर्धारण गरिएको छ । यसअघि प्रतिष्ठानमा प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ, हेल्थ असिस्टेन्ट, एनेस्थेसिया असिस्टेन्ट, एमडीएमएस, बालरोग विशेषज्ञ र एमडीजीपीको अध्यापन पनि हुँदै आएको थियो ।