१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


भारतमा ओमिक्रोनबाट थप १७ जना संक्रमित


0
Shares

एजेन्सी । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप १७ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ १७ जनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

योसँगै भारतमा ओमिक्रोनबाट संक्रमितको हुनेको संख्या २१ पुगेको छ । हिजो राजस्थानमा नौ, महाराष्ट्रमा सात र दिल्लीमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।

ओमिक्रोनका नयाँ संक्रमित भेटिएपछि भारतमा संक्रमण महामारी रोक्नका लागि कडाइ गर्ने बिषयमा राज्य सरकार र भारतीय स्वास्थ्य मन्त्रालयबीच छलफल हुने भएको छ ।

गत नोभेम्बरको सुरुमा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण अन्य देशमा पनि देखिन थालेको छ ।