
काठमाडौं । प्रदेश २ सरकारले राम जानकी विवाह पञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । गत शुक्रबारदेखि सुरु भएको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत बुधबार राम–जानकी वैवाहिक कार्यक्रम रहेको छ ।
यस्तै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ देखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ । यसैबीच, विवाह पञ्चमी महोत्सवको चौथो दिन आज जनकपुरधाममा तिलकोत्सव पर्व मनाईदै छ ।
प्रतिक्रिया दिनुहोस्