
हेटौँडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत बागमती प्रदेश अधिवेशनबाट इन्द्र बहादुर बानियाँ निर्वाचित हुुनु भएको छ । सभापतिको लागि दोस्रो चरणको मतदान प्रक्रियाबाट उहाँ सभापतिमा निर्वाचित हुनु भएको हो ।
उहाँले अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई पराजित गर्नु भएको हो । दुई हजार २५ खसेको मत मध्ये बानियाँले एक हजार ८५ मत प्राप्त गर्नु भएको छ भने केसीले ९२७ मत प्राप्त गर्नु भएको छ । बानियाँ १५८ मत अन्तरले विजयी हुनु भएको हो । १३ वटा मतपत्र भने बदर भएको छ ।
पहिलो चरणमा पार्टीको विधान अनुरुप ५१ प्रतिशत मतसंख्या नपुगेपछि दोस्रो चरणको मतदान आइतबार दिउँसोबाट भएको थियो । संस्थापन पक्षबाट उम्मेदवारी दिनु भएका बानियाँ र पौडेल समूहका उम्मेदवार केसीबीच प्रतिस्पर्धा भएको हो ।
पहिलो चरणमा बानियाँले ९९२ मत प्राप्त गर्नु भएको थियो भने केसीले ८७२ मत प्राप्त गर्नु भएको थियो । सिटौला समूहका उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गर्नु भएको थियो । सोही मत दुईतिर बाढिएको मत अंकले देखाएको छ ।
बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघ÷संस्था गरी दुई हजार १५१ जना मतदाता रहेका छन् । जसमध्ये दुई हजार २५ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्