
काठमाडौं । नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ ।
६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।
ओमिक्रोन संक्रमित भएको मुलुकबाट मंसिर ३ गते नेपाल आएका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा भेरिएन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिएन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्