२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : योगेश भट्टराई


0
Shares

चितवन । नेकपा (एमाले)का सविच योगेश भट्टराईले अब आउने निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

प्रेस चौतारी चितवनले सोमबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा उहाँले आफ्नो संगठन विस्तारमा एमाले लागिसकेको भन्दै आउने निर्वाचनसम्म संगठनलाई चुस्त बनाउने बताउनुभयो ।

ताजा जनादेशका लागि चाँडै निर्वाचनमा जानुपर्ने भन्दै अबको प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच मात्रै हुने दाबी गर्नुभयो । गठबन्धन सरकारले काम गर्न नसकेको उहाँको आरोप थियो ।

न्यायलयको छवि धुमिल भएको, सार्वजनिक खरिद ऐन संशोधन गरेर भ्रष्टाचारतर्फ उन्मुख भएको, प्रदेश सरकारहरू लगाम विनाका घोडा जस्तै हुन पुगेको उहाँको भनाइ थियो ।

प्रदेशहरूले मनपरी ढंगले खर्च गर्ने, मन्त्रालय टुक्राउने गरेको भन्दै एमाले सरकार हुँदा मितव्ययित अपनाएको दावी गर्नुभयो । एमालेको दोस्रो इनिङ सुरु भएको र त्यसका लागि व्याटस्म्यानहरू तयारी अवस्थामा रहेको उहाँको भनाइ थियो ।