१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जब दुई शिशुलाई भुलवस् कोरोनाविरुद्धको खोप दिइयो…


0
Shares

एजेन्सी । ब्राजिलमा दुई नवजात शिशुलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

अरुनै खोप दिनुपर्ने भएपनि नर्सको गल्तीका कारण उनीहरुलाई कोरोनाविरुद्धको खोप दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भुलवस् दिइएको कोरोनाविरुद्धको खोपका कारण उनीहरुको स्वास्थ्य बिग्रिएर अस्पताल भर्ना गरिएको छ ।

दुई महिनाकी बालिका र ४ महिनाको बालकलाई नर्सले फाइजरको खोप लगाइदिएकी थिइन् । उनीहरुलाई डिप्थीरिया, टिटानस, खोकीको र हेपाटाइटिस बी खोप लगाउनुपर्ने थियो ।

खोप लगाइदिने नर्सलालाई अस्पतालले निलबम्बन गरेको छ । साथै घटनाको अनसन्धान गर्न त्यहाँको सरकारले निर्देशन दिएको छ ।