
एजेन्सी । पछिल्ला केही वर्षहरूमा हृद्यघातले धेरैको मृत्यु भएको पाइन्छ । केही मानिसले हृद्यघातको लक्षण नबुझी समान्य दुखाइको रुपमा लिने गर्छन् । सामान्य दुखाईको विषयले मानिसको ज्यानैसमेत जानसक्छ । आखिर के हो त हृद्यघात र हृद्यजलन ?
हृद्यघात के हो ?
मुटुको कोरोनरी धमनीमा हुने विमारीका कारण हृदयघात हुन्छ । यो रतmनलीहरूले हृद्यमा रगत पुर्याउने तथा उर्जा र अक्सिजनले जीवित राख्नेगर्छ । कोरोनरी धमनीका विरामीहरूको हृद्यको मांशापेशीहरूमा रगत राम्रोसँग पु¥याउन सक्दैन । जसको कारण हृद्यघात हुन्छ । हृद्यघातले मुटुको धड्कन बन्द हुनसक्छ । यसलाई कार्डियक अरेस्ट भनिन्छ । कार्डियक अरेस्ट हुदा पल्स बन्द हुनेगर्दछ ।
हृदयघातका लक्षण : हृदयघातको केही विशेष लक्षणहरू हुन्छन् । जस्तै- घातीको दुखाइ, दवाव, भारीपन लगायतका समस्या हुनेनहुने भइरहन्छ । सबै हृदयघातको लक्षण एउटै किसिमका हुँदैनन् । कुनै सामान्य र कुनै जटिल हुन्छन् ।
छातीको दुखाइ र छटपटी विशेष बायाँपट्टी हुन्छ । तर, यो बाँकी अंगहरूमा पनि फैलिनसक्छ । यो दुखाई दुवै हात, गर्धन, ढाडभन्दा माथि मसहसु हुन्छ । यसबाहेक चिसो लाग्नु, धेरै पसिन आउनु, सास फेर्न गाह्रो हुनु, उल्टी हुनु, धेरै थकाइ लाग्नु, रिगाँटा लाग्नु यसका लक्षणहरू हुन् ।
हृद्यजलन के हो ?
हृद्यजलन कुनै रोग होइन, लक्ष्मण मात्र हो । यो एसिड रिफ्लेक्सको कारण हुने एक किसिमको जलन हो । यसका कारण खाना फर्केर खानानलीमै जान्छ । छातीको दुखाइलाई पनि मानिसले हृद्यजलनके रुपमा लिने गरेका छन् । हृद्यजलनले शरीरमा कुनै असर नगरे पनि दुःखाइ भने अनुभव हुन्छ । एसिडप्रति संवेदनशील हुन सके यसबाट मुक्ति पाउने सकिने डाक्टरहरुको भनाइ छ ।
हृद्यजलनका लक्षणहरू : हृद्यजल नहुँदा खानानलीमा अर्थात् पेटको ठिक माथिपट्टी जलन हुन्छ । यो एसिड मुखको पछिल्लो भागसम्म आउन सक्छ भने वाकवाकी, पखाला, डकार पनि यसका लक्षण हुन् ।
हृदयघात र हृदयजलनबीच भिन्नता : हृद्यजलन विशेषगरी खाना खाने र सुतेपछि हुने गर्दछ । त्यस्तै हृद्यघात खाना खाने बित्तिकै हुनसक्छ । एसिड कम हुने औषधिबाट हृद्य जलनलाई कम गर्न सकिन्छ । हृद्यजलनमा सास फेर्न गाह्रो हुने जस्ता लक्षण महसुस हुँदैन । त्यस्तै हृद्यघातमा वाकवाकी लाग्ने, डकार आउने जस्ता लक्षण देखिँदैन ।
डाक्टरसँग कहिले सम्पर्क गर्ने : अमेरीकाको सीडीसीका अनुसार केही खास विशेष लक्षण देखिनेवित्तिकै डाक्टरसँग तुरुन्त सम्पर्क गर्नुपर्छ । जस्तैकी छातीको दुखाइ, छटपटी, भारीपन, शरीरका अन्य अंगको दुखाई, चिसो लाग्ने, पसिना धेरै आउने, दिसामा रगत देखिने लक्षण भएमा हृद्यघात र हृद्यजलनको सङ्केत हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्