२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आफ्नो देशविरुद्ध मत जाहेर गरेको भन्दै इजरायली राजदूतको असन्तुष्टि


13
Shares

काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघमा इजरायलको विरुद्ध मत जाहेर गरेकोमा नेपालस्थित इजरायली राजदूत हनान गोदरले असन्तुष्टि व्यक्त गर्नुुभएको छ ।

ईमेज च्यानलसँगको संवादमा राजदूत गोदरले दक्षिण एसियामा नेपालले सबैभन्दा पहिलो स्वतन्त्र राष्ट्रको मान्यता दिएर पनि राष्ट्रसंघमा इजरायल विरुद्ध मत जाहेर गरेकोमा आपति जनाउनुभयो ।

नेपालले इजरायललाई समर्थन गर्न नसके मित्र मुलुक सम्झेर मतदानमा अनुपस्थितमात्र हुँदा पनि आफ्नो मुलुकलाई ठूलो सहयोग हुने उहाँको भनाइ छ ।

सन् १९६० जुनमा दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएसँगै सन् १९६१ मा काठमाडौंमा राजदूतावास स्थापना भएको थियो । राजदूत गोदरसँगको विस्तृत कुराकानी आज राति ८ बजे प्रशारण हुने कार्यक्रम अलगधारमा हेर्न सक्नुहुनेछ ।