
एजेन्सी । पहिलो फिल्म ‘केदारनाथ’ले नै सारा अलि खानलाई भारतीय फिल्म क्षेत्रमा सफलता दिलायो । साराको करियरको सबैभन्दा ठूलो फिल्म ‘अतरंगी रे’ यहि २४ डिसेम्बरमा ओटीटी प्लेटफर्ममा सार्वजनिक हुँदैछ ।
सुपरस्टार सैफ अलि खान र अमृता सिहंको छोरी भए पनि सारा आफ्नै प्रतिभाले बलिउडमा जमिरहेकी छन् । छोटो समयमा नै बलिउडमा स्थापित साराले फिल्ममा आउनैका लागि आफ्नो तौल घटाएकी छन् ।
साराको पहिलो फिल्म ‘केदारनाथ’ सन् २०१८ मा रिलिज भएको थियो । यो फिल्म आफ्नो मनको नजिक रहेको साराले बताउँदै आएकी छन् । ३५ करोडको लागतमा बनेको फिल्मले ७० करोड रुपैयाँ कमाएको थियो । फिल्ममा उनीसँगै स्वर्गीय सुशान्तसिंह राजपुतको अभिनय छ ।
साराको दोस्रो फिल्म ‘सिम्बा’मा रणवीर सिंहसँग सहकार्य गरिन् । यो फिल्मले लगभग २ सय ४० करोडको कमाइ गरेको थियो । जुन सुपरहिट साबित भएको थियो । त्यस्तै उनको ‘लब आज कल’ ठिकै रह्यो भने चौथो फिल्म ‘कुल्ली नम्बर १’ ले १ सय ६४ करोडको कमाइ गरेको थियो ।
सारालाई धेरैजसो फिल्ममा दर्शकको साथ र सहयोग मिलिरहेको छ । तर, पनि उनले ब्लकबस्टर फिल्म भने दिन सकेकी छैनन् । यस्तो अवस्थामा ‘अतरंगी रे’ लाई साराको करियरको सबैभन्दा ठूलो फिल्म मानिएको छ । किनकी यो फिल्ममा अक्षय कुमार र धनुष पनि रहेका छन् ।
धनुुष र अक्षय कुमारको प्रशंसकहरूले गर्दा फिल्मलाई फाइदा हुन सक्छ । फिल्मको स्टारकास्ट देखि कथासम्म हरेक तत्व प्रशंसकहरूको लागि एकदम ताजा छ । फिल्मको ट्रेलरले पनि फ्यानबाट राम्रो प्रतिक्रिया पाएको छ । ‘अतरंगी रे’ तीन जनाबीच प्रेममा आधारित फिल्म हो । जसमा एआर रहमानको संगीत छ ।
प्रतिक्रिया दिनुहोस्