१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालमा देखिएको कोरोनाको ओमिक्रोन भेरियन्टबारे जान्नैपर्ने पाँच जानकारी


0
Shares

काठमाडौं । नेपालमा सोमबार पहिलोपटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।

६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूको स्वास्थ्य सामान्य रहेको छ ।

ओमिक्रोन संक्रमित भएको मुलुकबाट मंसिर ३ गते नेपाल आएका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा भेरिएन्ट संक्रमण पुष्टि भएको हो । नेपालमा नयाँ भेरियन्ट पुष्टि भएसँगै यसको बारेमा चासो पनि बढेको छ ।

धेरैले यस भाइरसको बारेमा बुझ्न चाहेको सन्दर्भमा मन्त्रालयले यसबारेमा केही प्रश्नोत्तर निकालेको छ । यी हुन् मन्त्रालयले निकालेको पाँच प्रश्नोत्तर