
एजेन्सी । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट समुदायमा स्तरमा फैलिसकेको खुलासा भएको छ ।
बेलायती संसदमा सम्बोधन गर्दै त्यहाँका स्वास्थ्यमन्त्री साजिद जाविदले ३ सय ३६ जना ओमिक्रोन संक्रमित पुष्टी भइसकेकोे जानकारी दिदै समयमा नियन्त्रण गर्न नसके त्यसले भयावह अवस्था ल्याउने बताउनुभयो ।
बेलायतमा ओमिक्रोन संक्रमितहरु अन्तर्राष्ट्रिय यात्रासंग सम्बन्धित नभएको पुष्टी गर्दै उहाँले इङल्याण्डमा २६१, स्कटल्याण्डमा ७१ र वेल्समा ४ जना संक्रमित फेला परेको जानकारी दिनुभयो ।
ओमिक्रोन नियन्त्रणका लागि बेलायतले रेड लिष्टमा राखेका देशहरुमाथि यात्रा प्रतिबन्धलाई निरन्तरता दिने स्वास्थ्यमन्त्री जाविदले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्