१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


करारको जनशक्तिलाई स्वत: स्थायी गर्ने त्रिविको निर्णयप्रति पूर्व उपकुलपतिहरुको आपत्ति


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करारमा रहेको जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णय गरेकोप्रति त्रिभुवन विश्वविद्यालयका पूर्व पाँच जना उपकुलपतिले आपत्ति जनाएका छन् ।

एक विज्ञप्ति जारी गर्दै पूर्व कुलपतिहरुले त्रिवि सभाको निर्णय दूर्भाग्यपूर्ण र घातक रहेको बताएका हुन । साथै उनीहरुले अर्को सभा वैठक डाकेर बदर गर्न पनि माग गरेका छन् । यसरी विज्ञप्ति जारी गर्ने पूर्व उपकुलपतिहरुमा केदारभक्त माथेमा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी, हीराबहादुर महर्जन र नविनप्रकाशजङ्ग शाह रहेका छन् ।

त्रिवि सभाको बैठकले केही दिनअघि १० वर्षदेखि करारमा हेका ४८० जना कर्मचारी र अध्यापकलाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्ने निर्णय गरेको थियो । दबाबबाट अनुचित निर्णय गर्नु कुनै पनि हालतमा राम्रो नहुने भन्दै पूर्व उपकुलपतिहरुले त्यसबाट गुणस्तरीय शिक्षा उपहासको विषय बनेको र योग्य व्यक्तिको प्रतियोगितामा सामेल हने मौलिक अधिकार पनि हनन भएको बताएका छन् ।