१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एभर्टनद्वारा आर्सनल पराजित


0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एभर्टनले आर्सनललाई २–१ ले हराएको छ । एभर्टनको मैदानमा भएको खेलको ४५ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिए । दोस्रो हाफको ७९ औं मिनेटमा एभर्टनका रिचार्लीसनले बराबरी गोल गरे । इन्जुरी समयमा डेमाराई ग्रे ले एक गोल गर्दै भएटर्नलाई विजयी गराए ।

जितसँगै १५ खेलबाट १८ अंक जोडेको एभर्टन तालिकाको १२ औं स्थानमा उक्लिएको छ । २३ अंक जोडेको आर्सनल सातौं स्थानमा रहेको छ । लिगमा ३५ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा ३४ अंकसहित लिभरपुल दोस्रो तथा ३३ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ ।