१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंको कोटेश्वरमा रोकीराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु


0
Shares

काठमाडौं । काठमाडौंको कोटेश्वर स्थित आकाशेपुल नजिकै गएराती रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सडक किनारामा रोकीराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल गएराती सवा २ बजे ठोक्किँदा मोटरसाइकल चालक भक्तपुर ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको हो ।

घाइते भएका उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।