
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोल्नु भएको छ ।
नेता सिंहले आज बिहान एक कार्यक्रमकाबीच सम्पर्क कार्यालयको उद्घाटन गर्नु भएको हो । सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर उहाँले सम्पर्क कार्यालय खोल्नु भएको हो ।
सिंहले सभापति पदमा आफू नेचुरल उम्मेदवार भएको बताइरहनु भएको छ । सचिवालयअनुसार अब कार्यालयबाट सिंहले नेता तथा कार्यकर्तालाई भेटघाट गर्नुहुनेछ ।
सभापतिका लागि कति तयारी गरेको भन्ने यहीबाट बुझ्नुपर्ने नेता सिंहको भनाइ छ । सहमतिबाटै हाम्रो पक्षबाट एक जना मात्रै उम्मेदवार तय गर्ने भएपनि आफु नै सभापतिको उम्मेदवार भएको उहाँले बताउनुभयो ।
सहमतिबाट उम्मेदवार तय गर्न आज बैठक बस्न लागेको पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य राजन के.सी., काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर सभापति जितेन्द्र श्रेष्ठ, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलगायत उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्