
काठमाडौं । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो ।
त्रेतायुगमा भगवान श्रीराम र सीताको विवाह भएको सम्झानामा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइन्छ । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २२ गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ ।
भगवान रामको पक्षबाट राम मन्दिरका महन्थ र सिताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनक र अयोध्याका भगवान् श्री रामका बुबा राजा दशरथबीच भएको सम्धी मिलनको दिनलाई स्मरण गर्दै विवाहपञ्चमीको चौथो दिन तिलकोत्सव मनाइने गरिन्छ । सोमबार सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिएको थियो । जसलाई तिल्कोत्सव भन्ने चलन छ ।
तिल्कोत्सवमा जनकपुर आइपुगेका सम्पुर्ण श्रद्धालु र नगरबासीहरुको सहभागीता रहेको थियो ।
भोलि छैटौं दिन विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम हुनेछ । सातौं अर्थात् अन्तिम दिन बिहीबार रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी विधिवतरुपमा सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्