२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


मुगुमा लामो समयदेखि विद्युत सेवा अवरुद्ध


0
Shares

काठमाडौं । हिमाली जिल्ला मुगुमा एक साताभन्दा लामो समयदेखि विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको मेसीनमा समस्या आउँदा विद्युत अवरुद्ध भएको हो ।

विजुली नहुँदा गमगढी बजारका उद्योगधन्दा तथा अन्य काम प्रभावित भएका छन् । ईन्भटर र सोलारमा मोवाईल चार्ज गर्न पनि सय रुपैयाँ तिर्नु परिरहेको छ ।

जिल्लामा दक्ष प्राविधिक नहुँदा जुम्लाबाट प्राविधिक मगाएर मर्मत गर्दा पनि मेसिन बन्न सकेको छैन । नेपालगञ्जबाट थप प्राविधिक डाकिए पनि खराब मौसमका कारण प्राविधिक जिल्ला पुग्न सकेका छैनन् ।