२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

सुनचाँदीको मूल्यमा गिरावट


0
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सयले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।

तेजावी सुन प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार प्रतितोलामा १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार १९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।