
web pic
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका मंगलपुर निबासी २८ वर्षिय गोपाल थिङ्गको गएराती हत्या भएको छ । घरको झ्याल राखिने सिसाले घाँटी रेटेर हत्या गरेर उनको हत्या गरिएको हो ।
हत्यामा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका रबिन्द्र थिङ्ग, बुधिमाया पाख्रिन र काठमाडौंका आशिष पाख्रिन रहेका छन् ।
मादक पदार्थ खाएपछि भएको झगडाका क्रममा गोपालको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्