
काठमाडौं । नागरिकता नभएकै कारण कुस्ती विधाकी खेलाडी शिवांगी दुवे अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल हुन पाएकी छैनन् ।
बुवा भारतीयमुलका नागरिक भएकाले उनले नेपाली नागरिकता र पासपोर्ट बनाउन सकेकी छैनन् । जसले गर्दा विश्व च्याम्पियनसिप र ओलम्पिकमा प्रतिस्पर्धाका लागि शिवांगीको नाम यसअघि नै परिसकेको भए पनि अहिले प्रतियोगिताबाट बञ्चित हुनुपरेको छ ।
राष्ट्रिय खेलमा ६ वटा स्वर्ण पदक र सागमा नेपाललाई रजत पदक दिएकी दुवे पछिल्लो समय नागरिकता नभएकै कारण अन्तरर्राष्ट्रिय प्रतियोगितामा सामेल हुन नपाएकी हुन् । शिवांगीका बुवा राजु दुवे पहिले भारतका कुस्ती खेलाडी थिए ।
२०५६ सालमा डडेल्धुराकी राधिका रोकायासँग विवाह गरेका उनले नेपालमा भएको चौथोदेखि आठाैं राष्ट्रिय खेलमा पनि सहभागी भएर पदक पनि जितेका थिए ।
सरकारले तत्काल नागरिकता दिन नसके पनि राष्ट्रलाई पदक दिलाइ सकेको खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल हुने वातावरण बनाइदिन शिवांगीले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्