
काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीहरूले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा आलीलाई ज्ञापन पत्र बुझाएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी अध्यक्ष ओलीकै निवास बालकोट पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
केन्द्रीय बार र सर्वोच्च बारका पदाधीकारीसहित वरिष्ठ अधिवक्ताहरूको टोलीले अध्यक्ष ओलीलाई भेटेर विवादमा तानिएका प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै डेढ महिनादेखि आन्दोलनरत कानुन व्यवसायीले महाभियोगको प्रक्रिया सुरु गर्न माग गरिरहेका छन् ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालगायत अन्य राजनीतिक दल र नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाइसकेका छ ।
प्रतिक्रिया दिनुहोस्